• 1:15 pm

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै मान्डु हाइड्रोपावर

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ०४:५०

भदौ ३, २०८० काठमाडौँ: मान्डु हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसंगै कम्पनीले सर्वसाधारणका लागि पनि आइपीओ खुलाउने भएको हो ।


कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आइपी बिक्रीको अनुमति पाएको थियो ।


जसमध्ये आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ । त्यस्तै २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्टाइएको छ भने ७२ हजार १३३ कित्ता सामूहिका लगानी कोषहरूमा बाँडफाँट गरिएको छ ।


७९ हजार ३० कित्ता आइपीओ भने बिक्री हुन सकेन । सोही बिक्री हुन नसकेको आइपीओसमेत जोडेर १२ लाख ५ हजार ३२० कित्ता आईपीओ सर्वधारणका लागि जारी गर्न लागेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ ।


आइपीओमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ २४ गतेसम्म बिक्री अवधि लम्बिनेछ ।

प्रतिकृया