संसद् अवरोध हटाउन राजनीतिक दलहरुबीच सहमति गर्नुको विकल्प छैनः सभामुख घिमिरे

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ०२:५८

sabhamukh1

भदौ ३, २०८० काठमाडौँ : सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नुबाहेकको विकल्प नरहेको बताएका छन् । आइतबार संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।


उनले संसद्को अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको बताए। उनले दलहरुको बीचमा समझदारीको वातावरण बन्नसके संसद् अवरोध हट्ने बताए ।


उनले भने,‘संसद् खुलाउने प्रयास छ र खुल्नुपर्छ भन्ने मान्यता सबैको छ । खुल्ने कि नखुल्ने भन्नेकुरा समिति बनाउने की नबनाउने भन्नेमा नै गएर अड्किने गरेको छ । दलहरुसँगै छलफल गर्ने हो, अहिले पनि दलमा छिटो समस्या मिलाउनुस् भनेको छु ।’

प्रतिकृया