एनसेलको नम्बरबाट पनि हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ०२:४९

hello sarkar np e1692522223666

भदौ ३, २०८० काठमाडौँ : एनसेलको नम्बरबाट पनि अब हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने भएको छ। यसअघि नेपाल टेलिकमबाट हेलो सरकारको टोल फ्री नम्बरमा फोन गरेर गुनासो टिपाउन मिल्थ्यो।


अब भने एनसेलको नम्बरबाट समेत हेलो सरकारको टोल फ्री नम्बर ११११ मा कल गरेर आफ्नो गुनासो टिपाउन सकिने छ।नागरिकहरुको समस्या, गुनासोलाई सम्बोधन गर्न सरकारले ‘हेलो सरकार’ संचालन गरिरहेको छ।

प्रतिकृया