• २१ असोज २०८३, बुधबार
  • १०ः०३ बिहान

प्रधानमन्त्रीले भने- कलाकार बन्न चाहन्थें, परिस्थितिले नेता बनाइदियो

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ११:२९

भदौ ३, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनैबेला आफू कलाकार बन्न चाहेको तर परिस्थितिले नेता बनाएको बताएका छन् ।

National Life

‘मेरो भ्वाइस युनिर्भस’को फाइनल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कुनैबेला आफूमा कलाकार बन्ने तीव्र इच्छा भएको बताएका हुन् । उनले आफ्नो कलाकार बन्ने चाहना पूरा नभए पनि राजनीतिकै माध्यमबाट कला सँस्कृतिको उन्नयनका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कला, साहित्य र संस्कृतिले भावनात्मक एकता बढाउने भन्दै उनले यसको प्रवद्र्धन आवश्यक रहेको तर्क गरे ।


‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ । मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोपटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरें । आउने दिनमा पनि गर्ने नै छु’, उनले भने, ‘जसरी कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग हुन्छ र त्यसरी त्यो धेरै शक्तिशाली हुन्छ । त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापीरुपमा स्थापित गर्दछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रधनमन्त्री दाहालले मेरो भ्वाइस युनिर्भस जस्ता कार्यक्रमले विश्वमा नेपाली गीत संगीतलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया