क्षितिज नाट्य प्रतिष्ठान झापाद्वारा ‘झापा नाटक घर’ निर्माणको लागि एक ईंटा अभियान सञ्चालन
प्रकाशित मिति
२०८० श्रावण ३२ गते, बिहीबार ०३:२६

३२ श्रावण २०८०, काठमाडौँ: क्षितिज नाट्य प्रतिष्ठान झापाले विर्तामोड नगरीभित्र बहुजाती, बहुभाषी र बहुसांस्कृतिक संग्रालयसहितको झापा नाटक घर निर्माणका लागि सडकदेखि सदनसम्म एक ईंटा अभियान सञ्चालन गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराइएको हो ।
नाट्यकर्मी महासंघ नेपालमा संस्थापक अध्यक्ष विजय विष्पोटले नेपालको इतिहासमा पूर्व राजनीतिमात्रै नभएर साहित्य र संगीतको उर्वर भूमि भएको बताए । उनले क्षितिज नाट्य प्रतिष्ठानले सिंगो संस्कृति र संस्कारको अभियान बोकेर आएको र विग्रिदै गएको, ध्वस्त हुँदै गएको संस्कृति र साहित्यको विम्ब खोज्ने काम गरेको बताए । क्षितिज नाट्य प्रतिष्ठानलाई नाट्यकर्मी महासंघ नेपालको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
वेदाचार्य सन्तोष न्यौपानेले स्वस्ति वाचन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले झापा जिल्लाको विर्तामोड नगरीभित्र बहुजाती, बहुभाषी र बहुसांस्कृतिक संग्रालयसहितको झापा नाटक घर निर्माण गर्ने कार्यमा विगत चार वर्षदेखि अनवरत रुपले लागि परेका छौं ।
आफूहरुले कोशी प्रदेशका हरेक वस्तीहरुमा अन्याय अत्याचारका विरुद्ध आवाज बुलन्द पारेको उनले बताए । अहिले गत एक हप्ता अघिबाट पवित्र कला मन्दिर निर्माणका लागि सडकदेखि सदनसम्म एक इटा अभियान लिएर हामी उपस्थित भएका छौं ।
प्रतिकृया