भ्रष्टाचारविरोधी लडाईंले पार्टीप्रति जनतामा विश्वास बढ्यो : प्रचण्ड
प्रकाशित मिति
२०८० श्रावण ३२ गते, बिहीबार ०२:५१
३२ श्रावण २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफैं रुपान्तरणको बाटो आफूहरु अघि बढेको बताएका छन् । २० औं दौरम्बा स्मृति दिवसमा आज रामेछापको आयोजित कार्यक्रममा बोल्दै उनले जनयुद्ध दिवस राष्ट्रिय दिवस र शहीदहरु राष्ट्रिय शहिद घोषणा गर्दा गर्व लागेको बताए ।
उनले भने, ‘जुनसुकै पार्टी वा पक्ष भए पनि परिवर्तनको प्रक्रियामा ज्यान गुमाउनेहरुप्रति सम्मान गर्नै पर्दछ । हिजो बन्दुक बोकेर परिवर्तनका लागि लड्यौं । हामीले लडाईं जारी छ भन्यौं तर हामी कहीँ न कहीँ अल्मलियौं । अहिले फेरि हामीले त्यस दिशाको बाटो पहिल्याएका छौं ।’जनताप्रतिको जिम्मेवारी माओवादीले नै लिन पर्ने भन्दै गहिरो बोधका कारण सुशासनको अभियान सुरु गरेको बताए ।
उनले भने, ‘यही वा अन्य कारणले गठबन्धन भित्र कुनै समस्या छैन । हामी एक ढिक्काछौं । पार्टीले शुरु गरेको समाजवादको लडांई र सरकारले सुरु गरेको सुशासनको लडाईं एक आपसमा सन्बन्धित छन् ।’ अब पार्टी सबै नेताहरु जनताको घरमा पुग्ने बताए । जनताको हितमा काम गर्नु बाहेक अर्को कुनै विकल्प नभएको बताए ।
उनले भने, ‘अर्को निर्वाचनसम्म जाँदा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउने छ । देश भित्रका केही ठूला योजनाहरु कार्यान्वयन गर्नेमा मेरो ध्यान केन्द्रित छौं ।’








प्रतिकृया