• 6:14 pm

चिनियाँ उच्च सैनिक टोली नेपाल आउँदै

प्रकाशित मिति

२०८० श्रावण ३१ गते, बुधबार ११:३८

३१ श्रावण २०८०, काठमाडौँ: चीनबाट उच्च सैनिक तहको टोली आज नेपाल आउने भएको छ। चिनियाँ जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमान्डर उपरथी यु एनदे टोलीसहित काठमाडौँ आउने भएका छन् ।


नेपालसँग सीमा जोडिएको तिब्बत मामिला हेर्ने उच्च तहका सैनिक अधिकारी कोभिडपछि नेपाल आउन लागेको यो पहिलो भ्रमण हो । नेपाल भ्रमणमा आउन लागेका युलेसहितको टोलीले प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


उनले नेपाली सेनाको शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया