• 3:25 am

अवैध सुन तस्करी प्रकरणमा थप ३ चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार ०३:२४

३० श्रावण २०८०, काठमाडौँ:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको अवैध सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला रहेको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरूको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँसमेत बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भइसकेको अवस्थामा साउन २ गते राजस्व अनुसन्धान विभागले ब्रेक सुसहित ठूलो मात्रामा सुन बरामद गरेको थियो ।

जसको अनुसन्धान जारी रहेकोले यही प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

प्रतिकृया