• 9:12 am

रिलायबल नेपाल लाइफको आईपीओ बुधवार बाँडफाँट हुने, कति जनाले पाउँछन शेयर ?

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार ०४:०९

३० श्रावण २०८०, काठमाडौँ:  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भोलि अर्थात बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आईपीओ भोलि ५ ः३० बजे बाँडफाँट हुने जानकारी दिएको हो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको थियो ।


यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ । यस आधारमा भाग्यमानि ९ लाख ६० हजार जना आवेदकले १० ÷१० कित्ताका दरले शेयर पाउनेछन् । कम्पनीले साउन २३ गते देखि २६ गते सम्म आईपीओ विक्री खुला गरेको थियो । सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको हो ।


कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गरेको हो । त्यस्तै यीबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो ।

प्रतिकृया