• 4:20 am

आज पनि संसद्‌मा एमालेको नाराबाजी, भदौ ३ सम्मका लागि बैठक स्थगित

प्रकाशित मिति

२०८० श्रावण २९ गते, सोमबार ०४:२०

२९ श्रावण २०८०, काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् अवरोध गरेको छ। सोमबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरुले संसदीय मर्यादा कायम गर, उच्चस्तरीय छानबिन समिति गठन गर लगायतका माग राख्दै संसदमा नाराबाजी गरिरहेको छ ।

एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मका लागि बैठक स्थगित गराएका छन् । एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ ।

राजनीतिक दलका शीर्ष नेताहरूसँग सभामुखसहित पटक पटक छलफल भएपनि यो विषयमा सहमति जुट्न सकेको छैन ।

उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने एमालेको अडान छ ।

प्रतिकृया