प्रतिनिधिसभाको बैठक बस्दै, टोपबहादुर निलम्बन र सुनिल शर्मा रिहाबारे जानकारी गराइने

प्रकाशित मिति

२०८० श्रावण २९ गते, सोमबार १०:३७

pratin

२९ श्रावण २०८०, काठमाडौँ: आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने कार्यतालिका छ । आजको संसद् बैठकका लागि आठबुँदे सम्भावित कार्यसूची तयार पारिएको छ ।

जसमा टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बन भएको जानकारी गराउनेदेखि प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा थुनामुक्त भएको जानकारी गराउनेसम्मका कार्यक्रम छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण एमालेका निलम्बित सचिव टोपबहादुर हिरासतमा छन् भने नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद शर्मा काठमाडौं जिल्ला अदालतको आदेशपछि शुक्रबार रिहा भएका छन् ।

प्रतिकृया