यी कुरा समेटिएका छन् सरकारले सार्वजनिक गरेको राष्ट्रिय साइवर नीति २०८० मा
प्रकाशित मिति
२०८० श्रावण २८ गते, आईतवार ०२:१६

२८ श्रावण २०८०, काठमाडौँ: सरकारले राष्ट्रिय साइवर नीति जारी गरेको छ । मन्त्रिपरिषदले स्वीकृत गरेको साइबर नीति सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको छ ।
नीतिले देशमा सूचना प्रविधिको भरपर्दो र सुरक्षित प्रयोगलाई बढावा दिने उद्देश्य राखेको छ ।
यस्ता छन् नीतिले लिएका उद्देश्यहरू:
- सुरक्षित साइबर स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्नु,
- साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्नु,
- साइबर स्पेसलाई सशक्त र सुदृढ बनाउन साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान, जनशक्ति उत्पादन एवम् कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्नु,
- डिजिटल प्रणालीबाट प्रवाह हुने सेवालाई विश्वसनीय र सुरक्षित बनाउनु,
- साइबर सुरक्षासम्बन्धी जोखिम न्यूनीकरणका लागि द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा समन्वय, अनुभव एवम् सहयोग आदान प्रदान गर्नु।
नीतिको पूर्णपाठ यस्तो छः
cyber
प्रतिकृया