• 4:43 pm

बाराही हाइड्रोपावर १ करोड ७५ लाख नोक्सानीमा, यस्ता छन् अन्य सूचक

प्रकाशित मिति

२०८० श्रावण २८ गते, आईतवार ०३:०३

२८ श्रावण २०८०, काठमाडौँ:  बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. १ करोड ७५ लाख नोक्सानीमा रहेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनी रू. ४ करोड ३४ लाख नोक्सानीमा थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नोक्सानी केही घटेको छ । कम्पनीको वित्तीय खर्च केही घटेकाले नोक्सानी घटेको हो । अघिल्लो आवमा कम्पनीको वित्तीय खर्च रू. ६ करोड ५ लाख रहेकोमा गत आवमा रू. २ करोड ७६ लाखमा झरेको छ ।

त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १८ दशमलव ८७ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ३ करोड ३३ लाख आम्दानी गरेकोमा गत आवमा घटेर रू. २ करोड ७० लाखमा झरेको छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०३ पैसा ऋणात्मक रहेको छ ।

त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ५८ दशमलव ६३ रहेको हो । कम्पनीको चुक्ता पूँजी रू. २५ करोड छ भने जगेडा कोष रू. १० करोड ३४ लाख ऋणात्मक छ ।

 

प्रतिकृया