• २१ असोज २०८३, बुधबार
  • १०ः१० बिहान

तेस्रो गैरआवासीय नेपाली संघ विश्व ज्ञान सम्मेलन काठमाण्डौँमा आयोजना हुदैँ

प्रकाशित मिति

२०८० श्रावण २७ गते, शनिबार ११:०३

२७ श्रावण २०८०, काठमाडौँ:  गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान सीप प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने सम्बन्धमा समय सापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको छ । हाम्रा कतिपय पहल र प्रयास नेपाल सरकारबाट सम्बोधन हुने क्रममा छन् ।

National Life

हामीले विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन विगत ५ वर्षदेखि निरन्तर विश्व ज्ञान सम्मेलन आयोजना गर्दै आएको अवगत नै छ । यसलाई निरन्तरता दिँदै तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन (3rd NRN Global Knowledge Convention) अक्टोबर १७ देखि १८ सम्म काठमाण्डौमा आयोजना गर्न लागेका छौँ ।


नेपाली, डायस्पोरा, र अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त विज्ञहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यस सम्मेलनको आयोजना गर्न लागिएको हो । विगतका वर्षमा जस्तै यसपटक पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धनात्मक संघ–संस्था, निजी तथा सरकारी, गैरसरकारी संस्था लगायत अन्य सरोकारवालाको उपस्थितिमा सम्मेलन आयोजना गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा रहेको यो सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।


विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिनेछ । सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा राखेका छौँ ।


सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिनेछ । सम्मेलनमार्फत नेपालमा रहेका तथा गैरआवासीय नेपाली विशेषज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुबीच अरु निकट सम्पर्क, सहकार्य, ज्ञानको आदानप्रदान तथा स्थानान्तरणका लागि आह्वान गरिनेछ । यस्तो आदानप्रदानले आधुनिकीकरण तथा विकासको नेपाली जनताको आकांक्षालाई मूर्त रुप दिन सहयोग पुग्ने हाम्रो विश्वास छ ।


सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको छ । सम्मेलनका लागि ३१ जुलाई २०२३ (श्रावण १५ २०८०) देखि कार्यपत्र आवहान गरिएको छ । साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३( श्रावण ३० २०८०) बाट दर्ता सुरु गरिनेछ । सम्मेलनको अन्य जानकारी वेभसाइट (www.knowledge.nrna.org) बाट प्राप्त गर्न सकिने छ ।


अन्त्यमा, यो सम्म्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारका निकाय, सरोकारवाला, सञ्चारकर्मी एवं विश्वभरका गैरआवासीय नेपालीहरुबाट साथ समर्थन र शुभेच्छा प्राप्त हुने आशा राखेका धन्यवाद ।

प्रतिकृया