• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौंडा रिसोर्टमा १५ प्रतिशतसम्म छुट

प्रकाशित मिति

२०८० श्रावण २५ गते, बिहीबार ११:०८

२५ श्रावण २०८०, काठमाडौँ:  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंस्थित हटपिज रेस्ट्रो तथा हेटौंडाको रेगल हेटौडा रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौंडा रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

Kamana Sewa

सिटिजन्स बैंकले १८८ वटा शाखा, १४७ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १६ लाख २५ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको दाबी गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया