• २१ असोज २०८३, बुधबार
  • १०ः१९ बिहान

नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुने, मुख्य सुरुङ पाँच सय छ मिटर बाँकी

प्रकाशित मिति

२०८० श्रावण २२ गते, सोमबार १२:२२

२२ श्रावण २०८०, काठमाडौँ : आज नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को ‘ब्रेक थ्रू’ हुने भएको छ । सोमबार दिउँसो खनिसकेर सुरुङ छिचोलिने अर्थात् ब्रेक थ्रु हुन लागेको जनाइएको छ । विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो। ‘रेस्क्यू टनेल’ को आज खनि सकिने छ। रेस्क्यु सुरुङ अब एक मिटरमात्र खन्न बाँकी रहेको सडक विभागको विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

National Life

महाशाखाका अनुसार आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यु टनेल छिचोलिने छ । सुरुङ मार्गमा धादिङ तर्फबाट प्रवेश गरेर काठमाण्डौतर्फ निस्कने कार्यक्रम छ ।

साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई दशमलव छ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिकृया