• २१ असोज २०८३, बुधबार
  • १०ः१८ बिहान

मधेशी आयोगको अध्यक्ष डा.दत्त भारत जादै, भारतीय महिला आयोगकी अध्यक्ष संग भेट हुने

प्रकाशित मिति

२०८० श्रावण २२ गते, सोमबार ११:१४

२२ श्रावण २०८०, काठमाडौँ : मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सोमबार भारत जाने कार्यक्रम निश्चित भएको छ । सोमबार दिउँसोको नेपाल एयरलाइन्सको विमान द्वारा अध्यक्ष डा.दत्त भारत जान लागेको अध्यक्ष डा.दत्तको सचिवालयले जानकारी दिएको छ ।

National Life

शैक्षिक तथा धार्मिक भ्रमणको लागि भारत जान लागेका दत्तले मंगलबार राष्ट्रिय महिला आयोग, भारतकी अध्यक्ष रेखा शर्मा सहित अन्य उच्चपदस्थ अधिकारीहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ । २०२२ मा दुवै आयोगको अध्यक्षको भर्चुवल बैठकमा महिला आयोगकी अध्यक्ष शर्माले मधेशी आयोगका अध्यक्ष डा.दत्तलाई भारत भ्रमणको औपचारिक निम्तो दिएकी थिइन् ।


सो भेटघाटमा आगामी दिनहरुमा दुई देशका अधिकारमुखी आयोगहरुले कुन रुपमा सहकार्य गरी अगाडी बढ्ने विषयमा छलफल हुने भएको छ । अध्यक्ष डा.दत्त श्रावणको अन्तिम हप्तामा नेपाल फर्किने कार्यक्रम रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया