• १२ असोज २०८३, सोमबार
  • ९ः५३ बिहान

परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन

प्रकाशित मिति

२०८० श्रावण १९ गते, शुक्रबार ०४:१९

१९ श्रावण २०८०, काठमाडौँ: शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउदै उहाँले परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

National Life

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको २०७९/०८० को बार्षिक प्रगति समिक्षा तथा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धि गोष्ठिलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री गुरुङले मनदेखि नै काम गर्न आयोजनाका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘समस्या छ भनेर मात्र होइन, समाधान गर्ने गरी अघि बढनुहोस, मन्त्रालयले गर्नुपर्ने निर्णय समयमा नै गरेर अघि बढछ ।’ आयोजना, विभाग र मन्त्रालयको समन्वयको कामलाई प्रभावकारी रुपमा अघि बढाइने प्रतिबद्धता जनाउदै उहाँले अन्र्तर मन्त्रालयको समन्वयको कामलाई पनि उच्च प्राथमिकता दिइने बताउनुभयो ।
मन्त्रालयले गत आर्थिक बर्षमा अपेक्षा अनुसार पुँजीगत खर्च गर्न नसकेको बताउदै मन्त्री गुरुङले यस आर्थिक बर्षमा लक्ष्य अनुसारको पुँजीगत खर्च बढाउनको लागि आयोजनाका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा शहरी विकास मन्त्रालयका रविन्द्रनाथ श्रेष्ठले रुग्न आयोजनाहरुमा अब धेरै अलमलिन नहुने बताउदै काम नगर्ने निर्माण व्यवसायीहरुसँग ठेक्का तोडेर अघि बढन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘पुँजीगत खर्च बढाउन ध्यान दिनुपर्छ, अहिलेको पुँजीगत खर्च सन्तोषजनक छैन, यस आर्थिक बर्षमा लक्ष्य अनुसारको खर्च गर्न समयमा नै काम अघि बढाउनुहोस् ।’

शहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक बर्षमा ३८ अर्ब ९५ करोड ७९ लाख ४ हजार विनियोजन भएकोमा ५९ प्रतिशत वित्तिय र ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस आर्थिक बर्षमा विभागको लागि २९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिकृया