• २१ असोज २०८३, बुधबार
  • १०ः२७ बिहान

पत्रकार हरिप्रसाद रिजालको निधन

प्रकाशित मिति

२०८० श्रावण १९ गते, शुक्रबार १२:२२

१९ श्रावण २०८०, काठमाडौँ: आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ । बिहीबार राति नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

National Life

हृदयघात भएपछि बिहीबार राति नै उनलाई नर्भिक अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो ।

धादिङको निलकण्ठ नगरपालिका- ६ घर भएका ४३ वर्षीय रिजालका श्रीमती र १ छोरी छन्। रिजाल आर्थिक दैनिकका अध्यक्ष प्रल्हाद रिजालका साइलो भाई हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया