नेप्से २८.५९ अंकले घट्यो
प्रकाशित मिति
२०८० श्रावण १६ गते, मंगलवार ०३:३६
१६ श्रावण २०८०, काठमाडौँ: साताको तेस्रो कारोबार दिन सेयर बजारमा मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से २८.५९ अंकले घटेर २०७७.५८ को विन्दुमा पुगेको छ ।
आज २६२ धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता सेयर एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ सूचक पनि १.२७ प्रतिशतले घटेर ३९६.७२ को विन्दुमा झरेको छ ।
आज १३ वटा उपसमूहमध्ये एउटा उपसमूहको समूहगत सूचकमात्र बढेको छ । आज म्युचुअल फन्ड उपसमूहको समूहगत परिसूचक ०.३५ प्रतिशतले बढेको छ । यस्तै, अन्य १२ वटा उपसमूहको समूहगत सूचक भने घटेको छ ।
आज सुपरमादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक २.५५ प्रतिशतले बढेर प्रतिकित्ता ३९०.२० रुपैयाँमा कायम भएको छ । किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.५४ प्रतिशतले घटेको छ ।
Recent News
- नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
- ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते
- प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ- प्रचण्ड
- यस्तो छ आजको मौसम पूर्वानुमान
- जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ- प्रधानमन्त्री ओली
- आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
- नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ- प्रचण्ड
- अध्यक्ष नेपाल स्वदेश फिर्ता
- नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया