दीप प्रज्वलन गरी जापानीज रेष्टुरेन्टको उद्घाटन
प्रकाशित मिति
२०८० श्रावण १४ गते, आईतवार ०४:५५
१४ श्रावण २०८०, काठमाडौँ : १७ वर्ष सम्म जापानमा रही व्यवसायिक जिबन बिताएर नेपाली फर्की नेपालमानै केहि गर्छु भन्ने भावले नेपाल फर्किएका श्री अर्जुन अधिकारी जसले २०१७ देखि नेपालमा जापानिज खाना पसकने हेतुले काठमान्डौ बुढानिलकण्ठमा रहेको पार्क भिलेज होटेल को हातामा होक्काइडो रामेन हाउस नामक रेस्टुरेन्ट सुरु गर्नु भयो र त्यसमा पाएको सफलता पछि एक पछि अर्को गर्दै अहिले नेपालमा ७ वटा बिभिन्न जापानिज रेस्टुरेन्ट हरु संचालन गर्दै आइ राख्नु भएको छ । कुनै न कुनै प्रकारले नेपाल र जापान बिचको सम्बन्धमा पुलको काम गर्ने उहाँको चाहना रहेकोले उहाँले जापानीज खाना मार्फत नेपालमा जापानिज संस्कृति र प्रचलनको प्रबर्धन गर्ने जमर्को गर्नु भएको छ। हालसालै लाजिम्पाट स्थित रेडिसन होटेल को हातामा इजाकाया होक्काइडो नामक रेस्टुरेन्ट पनि संचालनमा ल्याउनु भएको छ । जापानी भाषाका ‘इजाकाया’को अर्थ हो– बस्ने, पिउने र आराम गर्ने ठाउँ। रेष्टुरेन्टमा प्रमाणिक जापानी खाना राति एक बजेसम्म उपलब्ध हुने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए । काठमाडौंको मध्यभागको रेष्टुरेन्टले जापानी खानाका पारखीलाई उत्साहित बनाउनेमा विश्वस्त रहेका अधिकारीले भने– ‘नेपालीले अन्य खानाका लागि गर्ने खर्चकै हाराहारीमा जापानी खानाको स्वाद लिन सक्नेछन् ।’
यसै सन्दर्भमा नेपाल र जापानको आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउदै नेपाल र जापान बिच अझै व्यवसायिक क्रियाकलाप हरु बढ्दै जाओस भन्ने उद्देस्यले नेपालमा जापानको साइसान कम्पनि लिमिटेड को लगानी रहेको ग्यास वान नेपाल प्रा लि को संलग्नतामा बुढानिलकण्ठ स्थित डेक्काइदो फार्म हाउस मा एउटा अखण्ड दीप प्रज्वलन संरचना तैयार गरियो । होक्काइडो नेपाल बिजिनेस र ग्यास वान नेपाल प्रा लि को संयुक्त प्रयासमा उक्त संरचनामा मिति २०८० साल साउन ११ गते का दिन अखण्ड सान्ति दीप प्रज्वलन कार्यक्रम आयोजना गरियो , जहाँ नेपाल स्थित जापानीज दुतावासका काउन्सिलर श्री ताकाहिरो तमुरा, जापानिज च्याम्बर अफ कमर्सका अध्यक्ष श्री तात्सू मात्सुमोतो र अन्य निजि क्षेत्रका साथै अन्य संस्थान हरुका प्रतिनिधि हरुको उपस्त्थिति रहेको थियो। उक्त कार्याक्रम मा नेपालका तर्फ बाट पनि विभिन्न निजि तर सरकारी क्षेत्रका व्यक्तित्व हारु सामेल रहेका थिए जसमा रास्वापा का उपाध्यक्ष श्री डि पी अर्याल, एन आर एन ए का भूपू अध्यक्ष श्री भवन भट्ट, ग्यास वन नेपाल प्रा लि का प्रबन्ध संचालक श्री हिडेपिÞmमि जिन्नाई , समाजबादी पार्टी नेपालका सासद श्री कृष्ण श्रेष्ठ ज्यु लगायत के जी एच ग्रुप का अध्यक्ष श्री सुनिल शाक्य पनि उपस्थित हुनु हुन्थ्यो ।

उक्त कार्यक्रममा सबैले जापान नेपाल को सम्बन्धका विषयमा आआफ्ना कुरा हरु राख्नु का साथै नेपाल जापान बिचको सम्बन्ध अझै बढोस भन्ने सुभकामना पनि व्यक्त गर्नु भयो र श्री अर्जुन अधिकारी लाइ यो पवित्र कार्यमा अग्रसरता देखाएकोमा बधाई तथा धन्यबाद दिनु भयो।

यस कम्पनीमार्फत् स्थापित रिसोर्ट र रेष्टुरेन्टले जापानी खानाका पारखीको सेवा मात्र गर्दैन, आफूसँग आवद्ध १३० भन्दा बढि दक्ष कर्मचारिलाई पुर्ण व्यवसायिक बनाएर विभिन्न परियोजनामा लगानी गर्न पनि प्रोत्साहन गर्दछ । भविष्यमा नेपाल र जापानबीचको सम्बन्धलाई स्वादमार्फत् जोड्दै जाने उद्यमी उत्पादन र सेवा विस्तार पनि हाम्रो लक्ष्य हुने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए ।
जापानी खानाको मौलिक स्वाद कायम राख्न एचएनबीजीले जापानबाट आएका सेफको प्रत्यक्ष निगरानी र निर्देशनमा ‘सेन्टर किचेन’ सञ्चालन गरेको छ। ‘सेन्टर किचनबाटै सबै आउटलेटमा खाना आपूर्ति हुन्छ, स्वादको मानक र एकरुपता कायम गर्न यसो गरेका हौं’ अधिकारीले जानकारी दिए र छिट्टै होक्कईदो नेपाल बिजनेस कम्पनि ले जापनिज सौन्दर्य का सामग्रि र कस्मेटिक सामग्रि जापानकै मुल्यमा स्वदेश मा ल्याई बिक्रि गर्ने प्रयत्न गरेको छ साथै जापनिज ग्रोसरि र साके छित्तै बजारमा ल्याऊने छ अधिकारीले जानकारी दिए। साथै उहाले नेपालमा दुख गर्ने काम गर्न ईच्छुक ब्यक्ति लाई आफ्नै जापनिज भासा ईन्सिटिउट्मा जापानिज भासा पढाई जापानमा काम सिक्नको लागि पठउने र काम सिकिसकेपछि आफ्नो कम्पनिमा राम्रो तलब दिई राख्नने पनि बताऊनु भएको छ।
उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य व्यापार मात्र होइन। दक्ष जनशक्ति उत्पादनसँगै उद्यमशीलताको प्रवद्र्धन तथा नेपाल–जापनबीचको सम्बन्ध जनस्तरमा थप स्थापित गराउनु पनि हो। हामी सामाजिक उत्तरदायित्वसहितको व्यवसायमा समर्पित छौं ।”





प्रतिकृया