• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

पुनर्जन्म नामक मस्तिष्क मृत्यू सम्बन्धी वृतचित्रको पर्दशन

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ११:०९

१४ श्रावण २०८०, काठमाडौँ : अहिले नेपालमा सरुवा रोगको विग विगी कायमै रहँदा रहँदै नसर्ने रोगको कारण मर्नेहरु करीब ७२ प्रतिशत रहेको छ । आधुनिक जिवन शैली र शहरीकरणका कारण नसर्ने रोगहरुमा अंग फेल हुने प्रमुख कारण हो र अंगदान नभएमा अंग फेल भएका व्यक्तिहरु अकाल मृत्यूको शिकार हुन बाध्य हुन्छन । तसर्थ आफू मरेपछि खरानी भएर जाने अंगदान गरी आठ जनाको ज्यान बचाउन सकिन्छ भन्ने पवित्र सन्देश प्रवाह गर्दै काठमाण्डौको कुमारी हलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा अंगदान सम्बन्धि पुनर्जन्म नामक बृत्रचित्रको एक समारोहका बीच सार्वजनिक गरियो हाे ।

National Life

सो कार्यक्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीले संविधानले नै मौलिक हकको रुपमा स्वास्थ्य र शिक्षालाई नैसर्गिक अधिकारको रुपमा स्वीकार गरेको हुँदा विभिन्न अस्पतालका शैया निशुल्क उपलब्ध गराउने कार्य भै रहेको कुरा बताए । उनले केन्द्रले प्रदान गरेको सेवाको प्रशंसा गर्दै केन्द्रले उत्कृट सेवा प्रदान गरेको हुँदा केन्द्रलाई आवश्यक पर्ने बजेट तथा भौतिक पूर्वाधार उपलब्ध गराउनलाई सक्दो सहयोग गर्ने कुरा बताउनु भयो ।


मधुमेह, उच्च रक्तचाप लगायतका समस्याबाट हुने वार्षिक ३००० जनाको मृर्गौला फेल, १००० जनाको कलेजो फेल, यस्तै उलेख्य संख्यामा मुटु, फोक्सो तथा अन्य सबै जसो अंगहरु फेल हुने हुँदा अंग प्रत्यारोपण बाट बचाउन सकिने र प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने कार्यक्रम रहको कुरा शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ वर्षमा करीब ११०० मृर्गौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ सम्पन्न गरेकोे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

देशमै पहिला पटक सबैभन्दा जटिल मानिने शल्यक्रिया कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्यूबाट प्राप्त अंगहरु प्रत्यारोपण साथै केन्द्रको सहयोगमा पोखरा र सुर्खेतमा मृर्गौला प्रत्यारोपण सेवा शुरु भै सकेको कुरा कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।


उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव देव कुमारी गुरागाईँले गर्नु भएको कार्यक्रममा शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक दशकमै प्रत्यारोपण र स्वास्थ्य क्षेत्रमा फड्को मारेको भएता पनि हाल सम्म आफ्नै भवन नहुँदा अत्यधिक चाप अनुरुप सेवा प्रवाह गर्न असहज भएको कुरा बताउनु भयो । नेपाल सरकारले केन्द्रलाई उच्च प्राथमिकतामा राखी विशिष्टीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विस्तार गर्ने र सोको लागि जग्गा तथा भवनको व्यवस्थापनामा नेपाल सरकारबाट आवश्यक सहयोग गर्न पहल भई रहेको कुरा बताउनु भयो ।


उक्त कार्यक्रममा दुर्लभ थापाले केन्द्रले प्रदान गरेका सेवाको नजिकबाट नियाली रहेको र केन्द्रमा उपचार सेवा विश्वस्तरीय भएको भएता पनि स्थान अभााव भएको कारण माग बमोजिको सेवा दिन असहज भएको र यसको विस्तारको लागि प्रयासरत रहँदा रहँदै पनि विस्तार हुन नसेको हुँदा आफू लज्जित हुन परेको आगामी दिनमा यसको विस्तारको लागिआफू लागि रहेने कुरा बताउनु भयो ।


सोही कार्यक्रममा स्वास्थ्य सेवा विभागका माहानिर्देशक, बरिष्ठ कलाकार मह जोडीले अंगदानको प्रचार प्रशारमा जोड दिनु पर्ने कुरा बताउनु भयो । कलाकार किरण के.सी., स्वेता खड्का, निरुता सिंह, यमन श्रेष्ठ लगायतका कलाकारहरुले अंगदान गर्नु भयो ।


पुनर्जन्म नामक बृत्रचित्र राइजिङ फिलिम्सको तर्फबाट लेखन तथा निर्देशन सराना श्रेष्ठले गर्नु भएको थियो भने भिडियोको छायाँकन हरि हुमागाइँ, सम्पादन तथा रङ संयोजन प्रविण श्रेष्ठले र पाश्र्व संगित किरण तुलाधरले गर्नु भएको थियो । उक्त बृत्तचित्रमा स्वर बाचन बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिकृया