• २१ असोज २०८३, बुधबार
  • १०ः४२ बिहान

सानिमा बैंक र स्विसकन्ट्याक्ट नेपाल एग्रिकल्चर डेभलपमेन्ट प्रोग्रामबीच सम्झौता

प्रकाशित मिति

२०८० श्रावण ११ गते, बिहीबार ०१:५२

११ श्रावण २०८०, काठमाडौँ : सानिमा बैंक र स्विसकन्ट्याक्ट नेपाल एग्रिकल्चर डेभलपमेन्ट प्रोग्रामबीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्षले सहकार्य पत्रमा हस्ताक्षर भएको छ।

National Life

कोशी प्रदेश अन्तर्गत कृषि उद्यमीहरुको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउन यो सहकार्य गरिएको बैंकले जनाएको हो।


यो सहकार्यअनुसार कृषि कर्जाको प्रक्रियालाई प्रविधिकरण गर्ने, कृषि कर्जासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने तथा कृषि उद्यमीहरुको आवश्यकतालाई प्रभावकारी रुपमा पूरा गर्न बैंकका कर्मचारीहरुलाई प्रशिक्षण लगायतका कामहरु गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले यो सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने दाबी गरे।

प्रतिकृया