ज्योतिविकास बैंकद्वारा अतुलनीयविशेषता सहितको ‘सुपर स्मार्ट सेभिङ्ग्स’ सार्वजनिक
प्रकाशित मिति
२०८० श्रावण ११ गते, बिहीबार ११:३३

११ श्रावण २०८०, काठमाडौँ : ज्योति विकास बैंकले विभिन्न विशेषता, निःशुल्क सुविधा र विशेष छुट सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात मात्र रु.१५ मा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो ।
बैंकका अनुसार ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ “सुपर स्मार्ट सेभिङ्ग्स” बचत खाता संचालनमा ल्याइएको हो । यस खाताले ग्राहकवर्गलाई बचत संगै आईपिओहरुमा लगानीको सुरुवात गर्न एकदम सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।
हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउने बैंकले उल्लेख गरेको छ । बैंकले आफ्ना सबै खाता र अनलाइनबाट समेत यो खाता खोल्न सकिने जनाएको छ ।
यस्ता छन् खातामा उपलब्ध सुविधा :
१. उच्चतम ७.५% ब्याजदर
२. अन्य बैंकको एटीएमबाट महिनाको २ पटकसम्म निः शुल्क नगद निकासी ३. निःशुल्क मोबाईल बैंकिंग सेवा
४. निःशुल्क डेबिट कार्ड
५. मासिक व्याज भुक्तानी ६. निःशुल्क डिम्याट खाता
७. निःशुल्क डिम्याट नवीकरण
८. निःशुल्क सि-आस्वा
९. निःशुल्क मेरोसेयर रजिस्ट्रेशन र नवीकरण
१०. मुद्दती खाता prematurity शुल्कमा ५०% छुट
११. वार्षिक लकर सुविधामा ५०% छुट तथा धितो रकममा ३०% छुट
१२. निःशुल्क डलर कार्ड जारी
१३. FCY Exchange छुट / प्रिमियम: USD, AUD CAD GBP र EURO को विदेशी मुद्रा विनिमय लेनदेनमा १५ पैसाको छुट/ प्रिमियम मुद्दती खाता prematurity शुल्कमा ५०% छुट
१४. निः शुल्क अन-डिमांड खाता विवरण
१५. DP सेवाहरुको STC सेवामा १५ प्रतिसहत छुट
प्रतिकृया