• २१ असोज २०८३, बुधबार
  • १०ः४२ बिहान

कुमारी क्यपिटल पनि नेशनल पेमेन्ट स्वीचमा आबद्ध

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ०४:५९

१० श्रावण २०८०, काठमाडौँ : कुमारी क्यपिटल लिमिटेड पनि नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । क्यापिटलले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको हो ।

National Life

यस सम्झौतामा क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।


उक्त सम्झौता पश्चात कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्ने साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ । पहिलो चरणमा क्यापिटलका इकाईधनीहरुले एसआइपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्न र अन्य विभिन्न सेवाहरु पनि थपिने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आवद्ध छन् भने पिएसपी पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर बैंकिङ संस्थाहरु इन्डाइरेक्ट प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

प्रतिकृया