• २१ असोज २०८३, बुधबार
  • १०ः४१ बिहान

ग्रिसमा जङ्गलको आगो निभाउन गएको विमान दुर्घटना

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार १२:४७

१० श्रावण २०८०, काठमाडौँ : ग्रिसको इभियामा जङ्गलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ ।

National Life

मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जङ्गलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।


हाल ग्रिसको जङ्गलमा लागेका कारण हजारौँ मानिसहरू विस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानीयलाई स्थानान्तरण गरेर जङ्गलमा लागेको आगो निभाउनका लागि सम्पूर्ण प्रयत्न जारी राखेको जनाएको छ ।एजेन्सी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया