• २१ असोज २०८३, बुधबार
  • १०ः४२ बिहान

एमालेले सुन प्रकरणलाई लिएर गृह र अर्थमन्त्रीको राजीनामा माग्ने

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार १२:२७

१० श्रावण २०८०, काठमाडौँ: नेकपा एमालेले सुन प्रकरणलाई लिएर संसदमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने भएको छ । एमालेले सुन प्रकरणलाई लिएर आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्ने भएको हो ।

National Life

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरिले अवैध सुन प्रकरणमा गृह र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै संसदमा शसक्त आबाज उठाउने बताउनु भयो । प्रमुख सचेतक गिरिले भन्नुभयो, ‘अवैध सुन तस्करीको गृह र अर्थमन्त्रीले जिम्मा लिनुपर्छ । उहाँहरूको संलग्नतामा कर्मचारीको सेटिङ भएपछि सुन तस्कर भएको हो । यसको जिम्मेवारीबाट दुई मन्त्री भाग्न पाइँदैन, पच्छिन पाइँदैन । उहाँहरूले जिम्मेवारी लिनुपर्छ । यी विषय सदनमा हामी राख्छौँ ।’


प्रमुख सचेतक गिरिले संसद् अवरोध गर्ने वा नगर्ने अहिले कुनै निर्णय नभएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया