ज्योति विकास बैंक लिमिटेडको १५ औं वार्षिकोत्सव
प्रकाशित मिति
२०८० श्रावण १० गते, बुधबार १०:५९

१० श्रावण २०८०, काठमाडौँ : ज्योति विकास बैंकले श्रावण ९ गते मंगलबारको दिन स्थापनाको १५ औं वार्षिकोत्सव कमलपोखरी स्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी मनाएको छ । बैंकका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्व रहेको कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्यहरु, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले स्वागत मन्तव्यका साथ कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
बैंकले वार्षिकोत्सवको दिन नख्खु स्थित आफ्नो १२१ औं शाखाको पनि औपचारिक समुद्घाटन गरेको छ । अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधि मार्फत ताम्रपत्र अनावरण गरी शाखाको समुद्घाटन गर्नु भएको हो । सोही क्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टुर गराइएको थियो।
नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यका बाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखाकार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ । कार्यक्रममा बैंकमा १० वर्ष तथा १५ वर्ष देखि अनवरत रूपमा कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदकतथा कदर–पत्रप्रदान गर्नुभएको हो ।
१५औं वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी १५ रुपैंयामा अतुलनीय विशेषता सहितको “Super Smart Savings Account” सार्वजनिक गरेको छ । साथै यहि अवसरमा साउन १४ सम्म ज्योति विकास बैंकको खाता इसेवामा लिंक गर्ने सम्पूर्ण ग्राहकहरुलाई रु.१५० बोनस तथाखल्तीब्उउ संग पहिलो पटक ज्योतिविकास बैंकको खातालिंक गर्ने ग्राहकलाई रु. १०० बोनस प्राप्त हुने व्यवस्था मिलाएको छ ।
१५औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तर दायित्वको कार्यक्रमहरु समेत आयोजना गरेको छ । रक्तदान, वातावरण सरसफाई सम्बन्धि कार्यक्रम, वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ। साथै , बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहक वर्ग र कर्मचारीहरुका लागि निःशुल्क मेहेन्दी कार्यक्रम पनि आयोजना गरेको छ ।
कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १५ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिनु हुने समस्त ग्राहक वर्ग, शेयर धनीहरू, नियामक निकायहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गर्नुभयो । अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र भट्टले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरु, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहकवर्गहरुलाई आभार व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्था गत सामाजिक उत्तर दायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयर धनी ध्रुव कुमार उप्रेती र संस्थापक शेयर धनी तथा भुत पूर्व अध्यक्ष प्रचारमान सिंह प्रधानले बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमापाल्नुभएका राष्ट्रिय आविष्कार केन्द्रकाअध्यक्ष डा. महावीर पुनले बैंकले केन्द्रको न्यानो नानी परियोजनामा गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो र आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।
आफ्नो खुद मुनाफाबाट नेपालमाहाल सञ्चालनमा रहेका अन्य बैंक तथावित्तीय संस्थाहरुले सामाजिकउत्तरदायित्वअन्तर्गत समाजिककार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रतिउत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तमहित सदा उच्चप्राथमिकतामा राखेको छ । संस्थागतशुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामकनिकाय, शेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदानपुर्याउन ज्योतिविकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।
प्रतिकृया