• २१ असोज २०८३, बुधबार
  • १०ः४२ बिहान

आज मेघ गर्जन सहित भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ०७:०३

१० श्रावण २०८०, काठमाडौँ : अहिल्य देशभरको मौसम आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

National Life

अहिल्य कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेश सहित थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।


आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी पहाडी भु-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।


महाशाखाका अनुसार, आज राति देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बांकी भु-भागका एक-दुई स्थानहुरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।


कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।


भारी वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया