• २१ असोज २०८३, बुधबार
  • १०ः४१ बिहान

प्रभु बैंक लिमिटेड र पिजफाइर रेष्टुरेन्टका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रकाशित मिति

२०८० श्रावण ९ गते, मंगलवार ०५:०५

९ श्रावण २०८०, काठमाडौँ: प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखर राजवस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

National Life

प्रभु बैंक र उक्त रेष्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाताखोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहकमहानुभावहरु तथा बैंकका सम्पूर्ण कर्मचारीहरुले पिजफाइर रेष्टुरेन्टद्धारा प्रदानगरिने “फुड”र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्तहुने भएको छ ।


उक्त सम्झौता अन्तर्गत पिज फाइर रेष्टुरेन्टमा सुविधा लिन चाहनु हुने प्रभु बैंकका ग्राहक महानु भावहरुले प्रभु बैंकको क्यु.आर.कोड डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गच्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पिजफाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान गरिने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया