• २१ असोज २०८३, बुधबार
  • १०ः४१ बिहान

परिवर्तनकारी शक्तिहरुबीच वृहतमोर्चा आवश्यकः देव गुरुङ

प्रकाशित मिति

२०८० श्रावण ९ गते, मंगलवार ०१:२४

९ श्रावण २०८०, काठमाडौं : नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले परितर्वनकारी शक्तिहरु मिल्नुको विकल्पन भएको बताएका छन् । साम्राज्यवादी देशहरुले युद्ध र समाजवादी देशहरुले शान्तिको नीति अख्तियार गरेको बताए ।“विश्व एक ध्रुबबाट दुई ध्रुबमा विभाजित हुन पुगेको छ । साम्राज्य वादी शक्ति तथा देशहरुले युद्धको नीति अख्तियार गरेका छन् भने सामाजवादी देशहरु शान्तिको । परिवर्तनकारी शक्तिहरुबीच वृहतमोर्चाबन्दीआवश्यकभएको छ । अहिलेको आवश्यकता कम्युनिस्टहरुबीच एकताहो” गुरुङले भने ।

National Life

नेपाल जुछे विचार प्रतिस्ठानले सोमबार संवाद डबलीमा कोरियाको ७० औं विजय दिवसको वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले प्रजातान्त्रिक जनवादी कोरिया उत्पीडित राष्ट्रको लागि प्रेरणा बनेको बताए । अहिलेको विश्वको प्रमुख अन्तरविरोध उत्पीडित राष्ट्र र साम्राज्यवाद बीच भएको बताउँदै गुरुङले जनतालाई सर्वेसर्वा भन्ने किम इल सुङको जुछे विचार वैज्ञानिक भएको बताए ।


उत्पीडित राष्ट्र र जनताले साम्राज्यवादी शक्तिहरु सँग लड्न जुछे विचार आत्मसातगर्न आवश्यक रहेको गुरुङले बताए । देश स्वाधिन र आत्मनिर्भर हुन कोरियाबाट सिक्नु पर्ने समेत उनले बताए । कार्यक्रममा नेपालको लागि प्रजातन्त्रिक जनगणतन्त्र कोरियाका राजदूतजो योङ मानले जनताको शक्तिकै आधारमा आफ्नो देश विजयी भएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

मानले आफ्नो देश जनतासँग एकाकार भएर अगाडि बढेको बताउँदै जनताको शक्तिले नै कोरिया विदेशी हस्तक्षेबाट मुक्त भएर प्रगतिमा अगाडि बढेको बताए । माओवादी केन्द्रकायुवा नेता रामदीप आचार्यले जनता एकजुट भए ठूला विजय प्राप्त हुने र देश आत्मनिर्भर हुन्छन् भन्ने कुरा कोरियालीबाट सिक्नुपर्ने बताए । उत्पीडित र बाह्य हस्तक्षेपबाट मुक्त हुन कोरियाली जनताको संघर्ष प्रेरणादायी भएको बताए ।


कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)काअध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सिताराम तामाङ, अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदी, किसान नेतादुर्गाप्रसाद जैसी, बलराम बास्कोटा लगायतको उपस्थिति रहेको थियो ।
नेपाल जुछे विचारका अध्यक्षनहेन्द्र खड्काको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन शिवहरी खनालले संचालन गरेका थिए ।

प्रतिकृया