• १३ असोज २०८३, मंगलबार
  • ६ः२१ बेलुका

सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

प्रकाशित मिति

२०८० श्रावण ७ गते, आईतवार ०५:४०

७ श्रावण २०८०, काठमाडौँ: एक सय किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । राजस्व अनुसन्धान विभागको विशेष टोलीले अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीनजना कर्मचारी र तीनजना भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।


यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया