• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

महँगी ६.५ प्रतिशत कायम राखिने

प्रकाशित मिति

२०८० श्रावण ७ गते, आईतवार ०३:०७

७ श्रावण २०८०, काठमाडौँ: राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै मुद्रास्फीतिलाई ६.५ प्रतिशत कायम राखिने जनाएको छ । मुद्रास्फीतिलाई ६.५ प्रतिशतमा कायम गर्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने राष्ट्र बैंकले बताएको छ ।

National Life

आइतबार सार्वजनिक मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य राखेको छ । यस्तै, ‘आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेट वक्तव्यले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकता रहेको’ मौद्रिक नीतिमा उल्लेख छ ।


आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने राष्ट्र बैंकको प्रक्षेपण छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया