• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

आज काठमाडौं र ललितपुरमा ८ घन्टा विद्युत् बन्द हुने

प्रकाशित मिति

२०८० श्रावण ६ गते, शनिबार ११:३१

६ श्रावण २०८०, काठमाडौँ : आज काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा विद्युत् बन्द हुने भएको छ । आज बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी गराएको छ । नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् आज दिउँसो बन्द हुने बताएको छ ।

National Life

लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाद्वारा टेकु सब स्टेसन स्तरोन्नति गर्ने भएकाले आज विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको हो ।


प्राधिकरणले साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।सूचनामा थप भनिएको छ “टेकु सब स्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया