• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

फ्राइडे रिलिज : देशभर एक्लै ‘लुङा’, देशभरका सबै हल भने पाएन

प्रकाशित मिति

२०८० श्रावण ५ गते, शुक्रबार १०:५३

५ श्रावण २०८०, काठमाडौँ: आज शुक्रबारबाट एक मात्र फिल्म ‘लुङा’ रिलिज भएको छ। एक्लै प्रदर्शनमा आएपनि फिल्मले देशभरका सबै हल भने पाएको छैन । गत साता रिलिज भएको फिल्म ‘बगान’ले पनि केही स्टेसन अझै ओगटेको छ ।

National Life

लिम्बु कल्चर विषयवस्तुमा उठाएको फिल्म किरण राईले निर्देशन गरेका हुन्। बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जङ्ग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको अभिनय फिल्ममा छ ।


ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्म भुमिसा प्रोडक्सनले निर्माण गरेको हो। फिल्मका निर्माता सञ्जीव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङ सहनिर्माता रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया