• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

करिब सय किलो सुन तस्करी प्रकरणमा समातिनेको संख्या १० पुग्यो

प्रकाशित मिति

२०८० श्रावण ५ गते, शुक्रबार ०८:१३

श्रावण ५, २०८०, काठमाडौँ: हङकङबाट अवैध तरिकाले काठमाडौँ भित्र्याइएको करिब सय किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेसँगै यसमा पक्राउ पर्नेहरुको संख्या १० पुगेको छ। ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठ पनि बिहीबार राति कोटेश्वरबाट पक्राउ परेका छन्। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ।

National Life

यसअघि ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पक्राउ परेका थिए। राजस्व अनुसन्धानको टोलीले उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि बरामद भएको सुन हङकङबाट कसले पठाएको र कसका लागि पठाएको भन्नै अझै खुलेको छैन।


बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो। क्याथे फ्यासिफिकमार्फत आएको उक्त सुन हङकङबाट सिधै रेडी ट्रेड लिंक बूढानीलकण्ठको नाममा आएको स्रोतले बताएको छ। स्रोतका अनुसार यसरी कार्गो गरेर सुन पठाउने ब्यक्तिका साथै लिने सम्बन्धित व्यक्तिकोसमेत पहिचान खुलेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

बुधबार हङकङ हुँदै आएको करिब एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।


हङकङमा पनि उक्त परिमाणको सुन कहाँबाट र कसरी आयो भन्नेबारे हालसम्म खुलेको छैन । मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । बरामद भएको सुन करिब १ सय केजी भनिए पनि सुनको परिमाण यकिन भइसकेको छैन। सुनको यकिन परिमाण थाहा पाउन विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो ।


यसअघि यस प्रकरणमा एक चिनियाँ नागरिक सहित ७ जना पक्राउ परिसकेका छन्। जसमध्ये ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिइसकेको छ भने चिनियाँ नागरिकलाई भोलिसम्ममा अदालत लगेर म्याद थपिने छ।

प्रतिकृया