• ४ साउन २०८३, सोमबार
  • १०:०० बेलुका

विद्यार्थीलाई रोजगारको बजारमा अग्रपक्तिमा ल्याउन सक्षम युनिग्लोब कलेज

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार ०५:४०

४ श्रावण २०८०, काठमाडौँ : नेपालकाे राजधानी काठमाडौं सपनाको शहर हो भन्दा फरक नपर्ला । देशका विभिन्न भागहरुबाट यहाँ मानिसहरु विभिन्न सपनाहरु बोकेर आएका हुन्छन् । ती मध्ये कैयौंको जीवन संघर्षमा बित्दछ भने केहीको पनि सपना पुरा हुन्छ । यहाँ मानिसहरु विदेश जान, फिल्ममा काम गर्न, आफ्नो कलालाई तिखारी अवसरको खोजीमा, रोजगारको खोजीमा आउने गर्दछन् । यो ठाउँ रोजगार खोज्न र अवसरको खोजी गर्नेको लागि मात्र उर्वर भूमि नभई उच्च शिक्षा हासिल गरेर आफ्नो जीवनलाई नयाँ दिशा दिन पनि उत्तिकै महत्वपूर्ण छ । यहाँ सरकारी त्रिभुवन विश्वविद्यालय देखि नीजि स्तरको काठमाडौं विश्वविद्यालय लगायत विभिन्न स्कुल र कलेजहरु छन् । यहाँ उत्कृष्ट शैक्षिक संस्थाहरु गन्तव्य नदेखाकालाई गन्तव्य देखाउन र एउटा सही मार्गदर्शन तथा शिक्षा दिएर विद्यार्थीको भविष्यलाई सुन्दर बनाउन दत्तचित्त भएर लागिराखेका छन् ।


यस्तै उत्कृष्ट शैक्षिक संस्था मध्ये युनिग्लोब सेकेण्डरी स्कुल तथा कलेज एक हो । यो उच्च शिक्षाको लागि प्रस्थान बिन्दु मानिने प्लस टु अध्ययनको लागि उच्च शैक्षिक केन्द्र हो । यसमा अध्यापन गर्ने अध्यापकहरु विद्यार्थीलाई पढाउनु मात्रै ठूलो कुरा नभई कति खुशी भएर अध्ययन गर्दछन् भन्ने कुरामा विश्वास गर्दछन् । सुविधा सम्पन्न भौतिक संरचना, प्रविधि, शैक्षिक प्रणाली र लोभलाग्दो नतीजा यसको विशेष पहिचान हो । काठमाडौंको केन्द्र भागमा अवस्थित कमलादीबाट युनिग्लोबले देशका विभिन्न कुना र क्षेत्रबाट उच्च शिक्षा अध्ययनको लागि उपत्यका प्रवेश गरेका विद्यार्थीहरुको सफल र सार्थक मार्गनिर्देशन गर्ने अठोटका साथ अगाडि बढेको छ । भाइस प्रिन्सीपल गणेश रेग्मीका अनुसार, “एउटा विद्यार्थीको चौतर्फी विकासको लागि र पाठ्यक्रमलाई अझ बढी प्रभावकारी बनाउनको लागि अतिरिक्त क्रियाकलापहरु र को करिकुलर क्रियाकलापहरु जसमा रिसर्च ड्राइभन नलेज, भनाईको मतलब ट्रान्सफर अफ नलेज व्यवहारिक रुपमा इनोभेटिभ टिचिङ लर्निङ विधिको उपयोग गरिएको छ ।” उनका अनुसार कलेजले हाइटेक वातावरण प्रदान गर्दछ जसले अहिलेको डिजिटलाइज संसार र शिक्षामा प्रविधिको आवश्यकता महशुस गरेर उपयुक्त वातावरणमा शिक्षाले अगाडि बढाइराखेको छ ।

Kamana Sewa

युनिग्लोब एसएसमा प्लस टुमा विज्ञान, व्यवस्थापन र कानुन विषयको अध्ययन अध्यापन भैरहेको छ जहाँ विद्यार्थीहरुलाई खोज अनुसन्धान र अभ्यासमार्फत आफ्नो प्रतिभा प्रस्फुटन गरी निरन्तर निखार्न एक प्रभावकारी र उपयुक्त शैक्षिक वातावरणको सुनिश्चितता गरिएको छ । विज्ञान संकायका कार्यक्रम संयोजक डिल्लीराम उप्रेतीले पढाउनु मात्र ठूलो कुरा नभएको विद्यार्थी कति खुशी भएर पढ्दछ त्यो महत्वपूर्ण भएको बताए ।

Classic Tech Desktop

अहिले सम्पूर्ण विश्व नै एउटा ग्लोबल भिलेजको रुपमा साँघुरिंदै गएको सन्दर्भमा अबको पुस्तालाई ग्लोबल सिटिजनकै रुपमा प्रस्तुत गर्नुपर्दछ भन्ने कुरालाई युनिग्लोब कलेजले अंगिकार गरेको छ । युनिग्लोबमा उपलब्ध शैक्षिक वातावरण, प्रविधि र अबलम्बन गरिने शैक्षिक प्रणाली यसको बलियो आधार हो । सुविधासम्पन्न पुस्तकालय, रेजिडेन्सियल लर्निङ सेन्टर, सभा हल, कम्प्युटर ल्याब, फिजीक्स, केमिस्ट्री र बायोलोजी ल्याब आदिको उपलब्धताले विद्यार्थीहरु देशभित्रै अन्तर्राष्ट्रिय गुणस्तरिय शिक्षाबाट लाभान्वित भएका छन् ।


निर्भयका साथ स्वस्फूर्त रुपमा गरिने सिर्जनात्मक सिकाई र अभ्यास सबैभन्दा गहन र प्रभावकारी हुन्छ जहाँ विद्यार्थीले ज्ञानको सागरमा डुबेर शैक्षिक हिसाबले थप हुर्कदै बढ्दै परिपक्व बन्ने सुअवसर प्राप्त गर्दछ । म्यानेजमेन्ट तथा लका कोअर्डिनेटर शेखर अधिकारीका अनुसार अबका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आउने भएकोले विद्यार्थीहरुलाई सक्षम बनाउनको लागि रिसर्च वर्क र प्रोजेक्ट वर्कले अझ राम्रो गर्दछ भन्ने कुरामा विश्वास गर्दछन् ।
प्रत्येक विद्यार्थीको सिकाई र बुझाईको तरिका र क्षमतालाई बुझेर सिकाई प्रक्रियाहरु सामञ्जस्यताका साथ अघि बढ्दछन् । उत्कृष्ट र क्षमतावान विद्यार्थीहरुले प्रेरणा र हौसला सहित थप निखारिने अवसर पाउँछन् । आइओएममा एमबीबीएस अध्ययन गरिरहेका संगम शाहका अनुसार उनको २ वर्षको अध्ययन र प्रि मेडिकलका साथै प्रि इञ्जिनीयरको क्लास र शिक्षकको मार्गदर्शनले एमबीबीएसमा नाम निकाल्न सहज भयो ।


युनिग्लोब एसएस प्लस टु अध्ययनका लागि देशको उत्कृष्ट शैक्षिक संस्था हो भन्ने तथ्य यसको गर्विलो इतिहास र प्राप्त नतिजाले पुष्टि गर्दछ । एउटा सफल र सार्थक भविष्यको बाटो तय गर्न हरेक विद्यार्थीका लागि युनिग्लोब एसएस सबैभन्दा उत्कृष्ट थलो हो भन्दा अत्युक्त नहोला ।


त्यहाँ पढ्ने विद्यार्थीका अनुसार पनि युनिग्लोब कलेज प्लस टु विद्यार्थीको लागि परफेक्ट गन्तव्यस्थल हो । युनिग्लोब कलेजमा प्लस टु साइन्स र म्यानेजमेन्टको लागि ६०० सिट उपलब्ध छ । त्यसैगरी युनिग्लोब कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ । सोही आधारमा हरेक कलेज तथा स्कुलहरूले गरिब, जेहनदार लगायतको आधारमा छात्रवृत्ति दिनै पर्छ । तर त्यसरी दिइने छात्रवृत्ति कक्षा १२ मा नपाउने समस्या विद्यमान छ । नतिजामा कमजोर देखिएको खण्डमा १२ मा पाउने छात्रवृत्ति कटौती गर्ने गरेका छन् । तर युनिग्लोबले भने कक्षा ११ मा पाउने विद्यार्थीले कक्षा १२ मा पनि छात्रवृत्ति निरन्तर पाउँछन् ।


राम्रो नतिजा ल्याउने, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीले कक्षा १२ मा थप छात्रवृत्ति पाउने म्यानेजमेन्ट एन्ड ल स्ट्रिम प्रोग्राम कोर्डिनेटर शेखर अधिकारीले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएर वा पैसा तिर्न नसकेका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुनु परेको छैन । कक्षा ११ मा गरिब, जेहेनदार, प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, पिछडिएको क्षेत्र लगायतका सरकारले तोकेको मापदण्डअनुसार नै छात्रवृत्तिको कोटा निर्धारण हुँदै आएको अधिकारीले बताए ।

प्रतिकृया