• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

प्रकाशित मिति

२०८० श्रावण ३ गते, बुधबार ०२:३४

३ श्रावण २०८०, काठमाडौँ : “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवाप्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा आर्थिक बर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालयहरु, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमहरुलाई निम्न लिखितका सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

National Life

१. हाकिम चोक शाखाद्वारा गैडाकोट नगरपालिका वडा नं ३ मा अवस्थित भुजेल गाँउका अतिविपन्न घरधुरीका लागि निर्मित ३५ वटा शौचालयको रंङ्गरोगन एवं सन्देशमुलक स्वास्थ्य तथा सरसफाई सम्बन्धी सन्देश लेखाइका निमित्त रोटरी क्लब अफ गैडाकोटलाई रु.दुई लाख पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

२. नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिकावडा नं ०९ मा अवस्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई स्वास्थ्य परिक्षणका लागि आवश्यक ABU Asia – Pacific Robot Contest (ABU Robocon) 2023 मेसिन हस्तान्तरण गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

३. साँफे शाखाद्वारा बान्नीगढी जयगढ गाँउपालिका वडा नं ०१ गाँज्रामा अवस्थित राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पर्खाल तथा खेल मैदान निर्माण र प्रभावकारी कक्षा सञ्चालनका लागि रु.एक लाखपचास हजार बराबरको आर्थिक सहयोग प्रदानगरिएको छ ।

४. विराटनगर शाखाद्वारा विराटनगर नगरपालिका वडा नं ८ मा अवस्थित विराटेश्वर वृद्घाश्रम सेवा समितिलाई सभाहल निर्माणका निमित्त रु. पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

५. सुर्खेत शाखाद्वारा बिरेन्द्नरगर नगरपालिकावडा नं १२ मा अवस्थित मानवसेवा आश्रमलाई खाद्यान्न, फलफुल, तरकारी तथा दैनिक अत्यावश्यक सामाग्री प्रदान गरिएको छ ।

६. बाँस गढी शाखाद्वारा बाँसगढी नगरपालिका वडा नं ०५ माअवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

७. चैनपुर शाखाद्वारा जयपृथ्वी नगरपालिका वडा नं ११, दैकुमालामा अवस्थित नीलकट्टी माध्यमिक विद्यालयलाई तीस थानकुर्सी प्रदान गरिएको छ ।

८. भैरहवा शाखाद्वारा सिद्घार्थनगर नगरपलिकावडा नं ०२ मेउडिहवामा अवस्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा साइकल पार्किङ्ग स्थल निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

९. लाहान शाखाद्वारा लाहान नगरपालिका वडा नं १४, बस्तीपुरमा अवस्थित श्री आधार भूतविद्यालय बस्तीपुरमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालयपोसाक तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

१०. भाटभटेनी र तीनचुलीशाखाद्वारा काठमाडौं महानगरपालिकावडा नं ०४, बालुवाटारमाअवस्थित महेन्द« राष्ट्रियमाध्यमिकविद्यालयलमाप्रारम्भिकबालकक्षामाअध्ययनरत विद्यार्थीहरुको शैक्षिकगुणस्तर अभिवृद्घि गर्न र अध्यापनलाई प्रविधि मैत्रीबनाउनविद्यालयलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको छ ।

११. बैकको केन्दि्यकार्यालयले पुल्चोक क्याम्पस (इन्स्टीच्युट अफ इन्जिनियरिङ्ग),पुल्चोक ललितपुरलाई कम्बोडियामा आयोजित ABU Asia – Pacific Robot Contest (ABU Robocon) 2023 कार्यक्रममा सहभागिता जनाउनका लागि रु.एक लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

१२. कोटेश्वर शाखाद्वारा प्रहरी प्रभाग कोटेश्वरलाई काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वरको सार्वजनिक सुरक्षा, अमनचयनकायम राख्न, सम्भावित अपराधको रोक थाम, नियन्त्रण तथा अनुसन्धान गर्ने कार्यमा खटिने प्रहरीलाई शुद्घ पानीको व्यवस्थापन लागी वाटर फिल्टर र बाह्र थानकुर्सी हस्तान्तरण गरेको छ ।

१३. धनगढी शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, कैलालीलाई धनगढीको सार्वजनिक सुरक्षा, अमनचयनकायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण गर्न जडान गरिएका सि.सि.क्यामराहरु बिग्रिएकाले उक्त क्यामराहरुको मर्मत कार्य लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

१४. मैतिदेवी शाखाद्वारा सृजनशीलअपाङ्गआवाज नेपालमा बस्ने बाह्र जनाअपाङ्गताभएकामहिलाहरुको दैनिकआवश्यकताहरु पुरा गर्नका लागिउक्त संस्थालाई रु.पच्चिस हजार बराबरको आर्थिक सहयोग प्रदानगरिएको छ ।

१५. चिप्लेढुङ्गा शाखाद्वारा पोखरा महानगरपालिकावडा नं ०४ मा अवस्थित श्री नविन माध्यमिक विद्यालयलाई पाँचथान वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ ।

१६. लेकसाइडशाखाद्वारा पोखरा महानगरपालिकावडा नं ०८ को फोहोर व्यवस्थापनगर्नका लागिप्रतिभामार्ग टोल विकास संस्थालाई चालिस थानडष्टविन हस्तान्तरण गरिएको छ ।

१७. कालिमाटीशाखाद्वारा चन्द्रगिरी नगरपालिका, कीर्तिपुरमा अवस्थित श्री बाल कल्याण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

१८. भक्तपुर शाखाद्वारा चाँगुनारायण नगरपालिका वडा नं २, झाँखेल भक्तपुरमा अवस्थित श्री आजाद माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

१९. खुरखुरेशाखाद्वारा राप्ती नगरपालिका वडा नं ०७मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयलाई विद्यालयको पुस्तकालय प्रायोजनार्थ एक थानकम्पुटर तथा प्रिन्टर प्रदान गरिएको छ ।

२०. दमक शाखाद्वारा कलम गाँउपालिका वडा नं ७, झर्काहा झापामा अवस्थित श्री अरनिको प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

२१. महाराजगंज शाखाद्वारा टोखा नगरपालिकावडा नं ७ काठमाडौंमा अवस्थित श्री शुभ श्री बैकल्पिक महिला विद्यालयलाई वाटर डिस्पेन्सर तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

२२. सानो भ¥याङ्गशाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं १५, स्वयम्भुमा अवस्थित श्री ईश्वर आधारभुत विद्यालयका लागि दराज, तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालयपोसाक र शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

२३. बेलौरी शाखाद्वारा बेलौरी नगर खेलकुद समितिलाई खेलकुद सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

२४. अमरपथ शाखाद्वारा मुक्तिनाथ धाममन्दिरलाई डष्टविन तथा भ्याक्युमक्लिनर प्रदान गरिएको छ ।

२५. चरिकोट शाखाद्वारा कालिञ्चोक माध्यमिक विद्यालय, चरिकोटलाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अध्ययन साथसाथै चौतर्फी विकासमा मद्दत पु¥याउने उद्देश्यले खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।

२६. बिर्तामोड शाखाद्वारा शिवसताक्षी नगरपालिका वडा नं १०, साईधार झापामा अवस्थित दित्यपथ महिला सरोकार समाजलाई संस्थाले सञ्चालनमा ल्याएको श्री सरस्वतीकन्या गुरुकुलमा अध्ययनरत २५ जनाविद्यार्थीहरुको आवासका लागि निर्माणाधिनभवनका लागि रु. एकाउन्नहजार बराबरको आर्थिक सहयोग प्रदानगरिएको छ ।

२७. पाटनशाखाद्वारा पाटन नगरपालिका वडा नं ०१, डंसिली, बैतडीमा अवस्थितश्री कैलास आधारभुत विद्यालयका लागि आवश्यक स्टिल दारज, ह्रवाइटबोर्ड, कुर्सी लागायतका सामाग्री हस्तान्तरण गरिएको छ ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चाल नगर्ने कुरा बैैकले जनाएको छ ।

प्रतिकृया