• ११ असोज २०८३, आइतबार
  • ५ः३७ बेलुका

आज साउने संक्रान्ति मनाइँदै, कर्णालीमा सार्वजनिक बिदा

प्रकाशित मिति

२०८० श्रावण १ गते, सोमबार १०:३७

१ श्रावण २०८०, काठमाडौँ: आज साउने संक्रान्ति पर्व मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई आज देशभर साउने संक्रान्तिको रुपमा मनाइने गरिन्छ । यस दिन असार महिनाभर रोपाइँ गरिने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग निको पार्न भन्दै न लुतो फाल्ने चलन पनि नेपाली परम्परामा चलिआएको छ ।

National Life

कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालेर लुतो फाल्ने नेपाली परम्परा रहिआएको छ ।


साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । कर्णाली प्रदेश सरकारले साउने संक्रान्तिको दिन आज सार्वजनिक बिदा समेत दिएको छ । कर्णालीमा आज देउडा पर्वको रुपमा साउने संक्रान्तीलाई मनाउने गरिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया