• १६ असोज २०८३, शुक्रबार
  • १ः२१ दिउँसो

सरकार मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध छ : कानूनमन्त्री गुरूङ

प्रकाशित मिति

२०८० असार ३० गते, शनिबार ०४:५२

३० असार , २०८०, काठमाडौं : कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सरकार मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध रहेको बताएका छन्।

National Life

शनिबार कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरूङले सरकार मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध रहेको बताएका हुन्।


उनले सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अध्यादेश ल्याएको तर त्यसलाई संसद्‍बाट प्रतिस्थापन विधेयक ल्याउन नदिन कसले कसरी षड्यन्त्र भयो त्यो सबैलाई प्रस्टै भएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्न थालेको सरकार नै ढल्छ भनेर यताउता षड्यन्त्र भइरहेको छ। तर हामीलाई सरकारमा हौँला वा नहौँला भनेर चिन्ता छैन। हामी जनताको पक्षमा काम गर्न प्रतिबद्ध छौँ। जसले जसरी षड्यन्त्र रचे पनि सरकार मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध छ।’

प्रतिकृया