पाकिस्तानको लाहोरमा ३० वर्षयताकै ठूलो वर्षा, सात जनाको ज्यान गयो
प्रकाशित मिति
२०८० असार २१ गते, बिहीबार ११:४१
२१ असार २०८०, एजेन्सी : पाकिस्तानको लाहोर सहरमा बुधबार बिहानदेखि परेको अविरल वर्षाले विगत ३० वर्षको कीर्तिमान तोडेको छ । पाकिस्तानको मौसम विभागले १० घण्टामा २ सय ९१ मिलिमिटर वर्षा भएको जनाएको छ । यस्तै, सहरका अन्य क्षेत्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
बीबीसीको उर्दू सेवाका अनुसार यस वर्षाका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको छ । जसमा एक ११ वर्षीय बालक पनि रहेका छन् । पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले ट्वीट गर्दै उद्धार कार्यको जानकारी दिएका छन् ।
उनले सबै मन्त्रिपरिषद्का मन्त्री र प्रशासनिक अधिकारीले जतिसक्दो चाँडो पानी निकासीका लागि काम गरिरहेको लेखेका छन् । लाहोरका तल्लो क्षेत्रमा बाढी आएको छ भने शहरका धेरै क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
यसअघि जुनमा २६ गते लाहोरमा २ सय ५६ मिलिमिटर वर्षा भएको थियो ।
Related
Recent News
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया