• २६ भदौ २०८३, शुक्रबार
  • ५ः४३ बेलुका

आइडिया स्टुडियो नेपाल र लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ J नेपाल बिचमा उद्यमशीलताको विकासका लागि साझेदारी

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार ०४:५६

१९ असार २०८०, काठमाडौँ :  आज लायन्सक्लब अन्तर्राष्ट्रिय जिल्ला३२५ J नेपालले आइडिया स्टुडियो नेपालसँग Strategic Partnership ( रणनीतिक साझेदार )को रुपमा साझेदारी गरेको छ।

National Life

साहसिक सुरुवात (Brave Enough to Start) को मुख्य नारालाई आत्म साथ गर्दै लायन्स क्लबस इन्टरनेशनल३५२ J नेपालले अवसरबाट वन्चित ब्यक्तिहरुलाई ऊध्धमशिलताका लागि सहयोग गर्न Brave Start Up Fund को निर्माण गरेको छ।


लायन्स क्लब इन्टरनेशनले विश्वको सबैभन्दा ठूलो सेवा क्लब संस्था हो।लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (LCIF) लायन्स क्लब इन्टरनेशनलको परोपकारी शाखा हो। १९१७मा स्थापित, LCIF ले नागरिक, सांस्कृतिक, सामाजिक र नैतिक कल्याणमा सक्रिय कार्यहरु गर्दै आएको छ | लायन्सको अतिरिक्त कार्यहरूलाई समर्थन गर्न, उनीहरूको सेवालाई सशक्त बनाउन र स्थानीय र विश्वव्यापी रूपमा उनीहरूको समुदायको आवश्यकतालाई सम्बोधन गर्न अनुदानकोष प्रदान गर्दछ।

Classic Tech Mobile
Classic Tech Desktop

लायन्स क्लब इन्टरनेशनल जिल्ला३२५ J नेपाल एक व्यवस्थित, रचनात्मक र नवीन जिल्ला हो जहा १०० भन्दा बढी क्लबर २७०० सदस्यहरू छन्। युवाहरूलाई ‘ब्रेभ एन फटुस्टार्ट’ हुन प्रोत्साहित गर्दै ब्रेभइनफटुस्टार्ट लायन्स क्लब इन्टरनेशनलको नारा हो।


आइडिया स्टुडियो नेपाल सामाजिक रुपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्ष देखि निरन्तर काम गर्दै आएको संस्था हो | आइडिया स्टुडियो नेपालले नेपालमा उद्यमशीलताको इकोसिस्टमलाई बढावा दिन सरकार, शिक्षाविद्, सार्वजनिक र निजीक्षेत्र, वाणिज्य बैंक, मिडियाहाउस, व्यापार र उद्योग संगठनहरू र अन्य धेरै संस्थाहरू सँग साझे दारीमा काम गर्दै आएको छ | आइडिया स्टुडियो नेपालले सम्भाव्य व्यवसायिक विचारहरुलाई व्यवसायमा परिवर्तन गर्ने, सामाजिक परिवर्तनलाई प्रज्वलित गर्ने र नवप्रवर्तनको माध्यमबाट उद्यमशीलताको प्रर्बधन गर्ने प्याटफर्मको रुपमा काम गर्दैआएको छ |


यस सहकार्यको मुख्य उदेश्य उद्यमशीलतालाई प्रवर्धन गर्नु हो | बेर्भस्टार्ट अपफन्डका लागि आइडिया स्टुडियो नेपालले लायन्स क्लबसंग सहकार्यगरि बिभिन्न विषयमा तालिम प्रधान गर्ने छ | बेर्भस्टार्ट अपफन्डबाट छनोैट भएका आइडियाहरुलाई लायन्सक्लबले Seed money (सिडमनि) उपलब्ध गराइने छ |

प्रतिकृया