• २५ भदौ २०८३, बिहीबार
  • ५ः४३ बेलुका

आईसीसी विश्वकप क्रिकेट : जिम्बाब्वेमा नेपाल र आयरल्याण्ड भिड्दै

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार ०८:३६

१९ असार २०८०, काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफको फाइनलमा आज नेपालले आयरल्याण्डसँग खेल्दै छ। सातौ स्थानका लागि हुन लागेको खेल जिम्बाबेको हरारे स्पोर्ट्स स्टेडियममा दिउँसो पौने एक बजे सुरु हुनेछ।

National Life

यस खेलको विजेताले सातौं स्थान हासिल गर्ने छ भने पराजित टोली विश्वकप क्वालिफायरको आठौ हुने छ। नेपालले प्लेअफको सेमिफाइनलमा युएईलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने आयरल्याण्डले सेमिफाइनलमा अमेरिकालाई पराजित गर्दै फाइनलमा पुगेको हो।


नेपालले आफ्नो एकदिवसीय इतिहासमा तेस्रो पटक टेस्ट खेल्ने देशसँग खेल्दैछ। यसअघि नेपालले टेस्ट खेल्ने देश जिम्बाबे र वेस्ट इण्डिजसँग यसै क्वालिफायरमा खेलेको थियो। नेपाल र आयरल्याण्डबीच तीन टी-२० खेल भएपनि एकदिवसीय खेल भने पहिलो पटक हुन लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि क्वालिफायरमा नेपाल समुह बाट सुपर सिक्समा जान असफल भएको थियो भने आयरल्याण्ड समुह बि बाट सुपर सिक्सबाट पुग्न असफल भएको थियो।

प्रतिकृया