• २७ भदौ २०८३, शनिबार
  • ४ः४२ बिहान

निर्वाचन आयोगको प्रस्ताव- बढीमा दुईपटक मात्रै समानुपातिक सांसद बन्न पाइने

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार ०५:००

१८ असार २०८०, काठमाडौँ: निर्वाचन आयोगले बढीमा दुईपटक मात्रै समानुपातिक सांसद बन्न पाइने व्यवस्था प्रस्ताव गरेको छ । आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

National Life

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगको असार १८ मा बसेको बैठकले समानुपातिक प्रपणालीबाट बढीमा दुईपटक मात्र सांसद बन्न पाइने व्यवस्था गर्न लागेको हो।


आयोगले संघीय संसद्, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भइ पराजित भएको व्यक्तिले सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचनबाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था पनि प्रस्ताव गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरूले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने पनि प्रस्ताव गरेको छ ।

प्रतिकृया