• 10:30 am

नेप्से परिसूचकमा गिरावट

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार ०४:२०

१८ असार २०८०, काठमाडौँ : आज सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेको छ । साताको पहिलो कारोबारको दिन आइतबार ५३.७० अंकले घटेको नेप्से परिसूचक दोस्रो कारोबार दिन सोमबार पनि २१.३२ अंकले गिरावट आएको हाे।


आज ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूलय स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । आज होटल र ट्रेडीङ्गबाहेक सबै उपसूचक राताम्मे देखिएको छ ।


सेयर बजारमा गिरावट आएपनि हिमालयन लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २३ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य आज ५३२ रुपैयाँमा बन्द भएको छ ।


त्यस्तै, गत सातादेखि सोल्टी होटर र शिवम सिमेन्टको सेयरमा पनि लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज सोल्टी होटलको २० करोड ९४ लाख रुपैयाँ र शिवम् सिमेन्टको १८ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


सेयर बजारमा गिरावट आएपनि मर्जरपश्चात कारोबारमा आएको सिवाईसी नेपाल लघुवित्त, बिपिडब्लु लघुवित्त र सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सोमबार चन्द्रगिरी हिल्स, एनएलजि इन्स्योरेन्स, ग्रामिण विकास लघुवित्तलगायत अन्य कम्पनीको सेयरमूल्य बढेको छ ।


सेयर बजारमा गिरावट आएसँगै लक्ष्मी इक्युटी फण्डको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयरमूल्य ८.९५ प्रतिशतले सर्वाधिक घटेको छ । त्यस्तै, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, सयपत्री हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।

प्रतिकृया