• 4:32 am

कोशी प्रदेशसभाको बैठक बस्दै, एमालेका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार १२:५४

१५ असार २०८०, विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा नदिने भएका छन् । एमालेका प्रदेशसभा सांसद लीलाबल्लभ अधिकारीले अंकगणितमा चलेको सदनमा तत्काल एमालेका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने बताएका हुन् ।


सदनतर्फ जाँदै गरेका प्रदेश सभा सांसद अधिकारीले भने, ‘हाम्रो कुरा प्रस्ट छ। अंकगणित सबैले बुझेका छौँ । पक्ष विपक्षमा के होला त्यो सदनमा थाहा हुनेछ । अहिले यत्ति भनौँ, हामी विश्वासको मत पुगे वा नपुगेपनि सामना गर्नेछौँ ।’ ‘लोकतन्त्रमा अंक गणितको खेलबाट हार जित जे हुदाँपनि हामी स्वीकार्न तयार छौँ ।’ उनले भने । अधिकारीले भने,’हार स्वीकार्य छ । तथापी हामी जित्ने आँटका साथ सदनमा प्रस्तुत हुनेछौँ ।’


शुक्रबार बिहान ११ बजेका लागि सदन आव्हान गरिएको भएपनि समयमा सदन सुरु हुन सकेको छैन । बिहीबार राती १० पछि प्रदेशसभा सचिवालयले शुक्रबार बिहान ११ बजेसम्मका लागि सदन स्थगित गराएको थियो । यसअघि, बेलुका बैठकको पहिलो सत्रपछि मुख्यमन्त्री कार्की प्रदेश सभाबाट बाहिर भएपछि सदन फर्किएका थिएनन् ।


प्रदेशसभा सांसद अधिकारीका अनुसार बिहीबार सदनमा उठेका कुराको तयारी नपुगेको र छलफल गरी मतदान प्रक्रियामा अघि बढ्ने कुरा हुदाँ केही त्रुटी भएको बताए ।

प्रतिकृया