• 9:31 am

आज बढ्यो सुनको भाउ

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार १२:२९

१५ असार २०८०, काठमाडौँ : आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया