• ९ असोज २०८३, शुक्रबार
  • ७ः३४ बेलुका

एसीसी मेन्स अन्डर सिक्स्टिन : नेपालले मलेसियालाई दियो १८४ रनको लक्ष्य

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार १०:३१

१५ असार २०८०, काठमाडौँ : एसीसी मेन्स अन्डर–सिक्स्टिन इस्ट जोन क्रिकेटमा नेपाल मलेसियालाई १८४ रनको विजयी लक्ष्य दिएको छ। मलेसियाको बांगीस्थित बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.४ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनायो।

National Life

नेपालका लागि अशोक धामीले अर्धशतक पूरा गरे। उनले ५ छक्का र ३ चौकाको मद्दतमा ५२ रन बनाएका थिए। यस्तै नरेन भट्ट र सुर्यांशु कोइरालाले समान २९ रनको योगदान गरे। मलेसियाका हाजिक हेइकल मोहम्मद अक्रम, अरेन अकिल र मोहम्मद मुक्रीले समान २ विकेट लिए।


१८४ रनको विजयी लक्ष्य सहित मलेसिया अहिले ब्याटिङ गरिरहेको छ। आज हुने खेलको विजेता टोली समूह ए को विजेता बन्नेछ। पराजित टोलीले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउने छन्।

Classic Tech Mobile
Classic Tech Desktop

समूह बी बाट सिंगापुर र हङकङबीच आजै भइरहेको खेलबाट विजेता र उप विजेताको टुंगो लाग्नेछ।

प्रतिकृया