• 7:01 am

भारतको उडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, २० घाइते

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार ०१:२३

११ असार २०८०, भुवनेश्वर : भारतको उडिसा राज्यमा भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको दुई बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।


रायगडाबाट भुवनेश्वर जाँदै गरेको जन्ती बोकेको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको जनाइएको छ । घटनालगत्तै स्थानीय प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेका थिए । घाइतेहरूलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।


घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया