• ९ असोज २०८३, शुक्रबार
  • ७ः३५ बेलुका

जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार १२:५९

११ असार २०८०, काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्षमा पुगेको छ ।

National Life

अख्तियार स्रोतका अनुसार नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको ठहर गरेको हो । यद्यपि जलहरी जोखेर त्यसको प्रतिवेदन अख्तियारमा पठाइएको छ । आइतबार, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा सुनको परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो । जलहरीमा अनियमिता भएको भन्दै छावविन गर्न माग गर्दै अख्तियारमा पनि उजुरी परेको थियो भने संसदमा पनि सांसदले यसबारे कुरा उठाएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ माघमा पत्नी राधिका शाक्यकासाथ पशुपतिनाथ मन्दिर पुगेर ‘सङ्कल्प पूजा’ गरी झण्डै एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्नु भएको थियो।


सुनको जलहरी राख्न ओलीसरकारबाट ३० करोड दिने घोषणा भएको थियो । कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर ८० करोड लागतमा १०८किलोको जलहरी राख्ने निर्णय गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया